• २०८१ पौष २४ बुधबार

गाजामा मानवीय पहुँचका लागि राष्ट्रसङ्घका महासचिव गुटरेसको आह्वान

kharibot

संयुक्त राष्ट्रसङ्घ । सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा दु्रत र निर्बाध मानवीय पहुँच दिन तथा हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई रिहा गर्न आह्वान गरेका छन् ।

“यस्तो असहज परिस्थितिमा हामी मध्यपूर्व गम्भीर अवस्थामा छौँ,  संयुक्त राष्ट्रसङ्घको  महासचिवको हैसियतले यी दुई मानवीय अपिल गर्नु मेरो कर्तव्य हो”, उनले भने ,“हमासले बन्धकहरूलाई तुरुन्तै रिहा गर्न र इजराइलले गाजा क्षेत्रका नागरिकहरुलाई मानवीय आपूर्ति तथा कामदारका लागि सहायता आवाश्यक रहेको महासचिव गुटर्रेसको जोड छ । यस्ता खालका मानवीय सहायताका लागि द्रुत र निर्बाध पहुँच प्रदान गर्नुपर्छ ।”

यी दुई उद्देश्य आफैँमा मान्य भएको भन्दै उनले यसलाई मोलमोलाइको माध्यम बनाउन नहुने बताए ।

संयुक्त राष्ट्रसङ्घसँग इजिप्ट, जोर्डन, पश्चिम किनार र इजराइलमा  खाद्यान्न, पानी, गैर खाद्यवस्तु, चिकित्सा, इन्धनको भण्डार रहेको र ती सामानहरू केही क्षणमा पठाउन सकिने महासचिव गुटरेसले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै