काठमाडौँ । सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन् ।
बुधबार बयानका लागि कोइराला उच्च अदालत विराटनगरमा उपस्थित भएकी हुन् । उनी अदालतमा हाजिर भएसँगै कोइरालाको थुनछेक बहस सुरू हुने तयारी छ ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा उनीसहित २५ जनाविरुद्ध उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिइन् ।