• २०८१ बैशाख ३० आइतबार

वीरगंज आइसिपीबाट एक लाख ३७ हजार गाडी भित्रिए

kharibot

प्रतिनिधि तस्बीर

वीरगंज । वीरगंज भन्सार मातहत अलौंमा सञ्चालित एकिकृत भन्सार जाँच चौकी (आइसिपी) भएर नेपाल भित्रिने सवारी साधानको संख्यामा वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा एक लाख ३७ हजार ६ सय ५२ गाडी नेपाल भित्रिएका छन् ।

गत साउन देखि माघ सम्म त्यति गाडी भित्रिएको थियो । भने गत आ.व २०७७/७८ को सोही अवधीमा जम्मा एक लाख २५ हजार गाडी भित्रिएको आइसिपी सञ्चालन गर्ने नेपाल इन्टरमोडेल यातायात विकास समिति, आइसिपी, वीरगंजका शाखाका अधिकृत तर्कराज जोशीले जानकारी दिएका छन् ।

गत आ.व भन्दा चालू आ.वको सात महिनामा करिब १२ हजार सवारी साधन बढी भित्रिएको उनले बताए ।

त्यस्तै, बिरगंज नाकाको आइसिपी भएर चालू आ.वको साउन देखि माघ सम्म १६ हजार ९ सय ८२ गाडी निर्यातका वस्तु लिएर भारत गएको उनले बताए ।

भारत भएर आइसिपी नाकाबाट भित्रिने सवारी साधानमा ६ हजार एक सय १० वटा नयाँ कार, आठ सय ७७ वटा नयाँ ट्याक्टर, १ सय ४० वटा नयाँ बस र खाली गाडी ६६ हजार ९ सय ११ वटा आएको उनले बताए । आइसिपीमा अहिले एक हजार ६५ वटा गाडी रहेको बताईएको छ ।

माघ २ गतेको तथ्यांक अनुसार लोडेड गाडी ५ सय ७९, नयाँ चेसिस २ सय ६३, नयाँ कार २ सय २२, फोर्क लिफ्ट (भारी उठाउँने सवारी साधन) गरी एक हजार ६५ गाडी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै