• २०८१ बैशाख १३ बिहीबार

बारामा बाघको आक्रमणमा गोठाला दम्पती घाईते

kharibot

प्रतिनिधि तस्बीर

बारा । बाघको आक्रमणमा परि एक गोठाला दम्पती घाईते भएका छन्  । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर नजिकै  तपोभुमी सामुदयिक वनमा बाख्रा चराउँन गएका बेला हिजो दिउँसो करिब ३ बजेको समयमा सो घटना भएको हो ।

घटनामा परि घाईते हुँनेहरूमा ४२ वर्षिय दिलबहादुर मुक्तान र उनकी पत्नी ३८ वर्षिय माईली माया रुम्बालाई बाघले आक्रमण गरी घाईते बनाएको प्रहरीले जनाएको छ।

सुरुमा माईली मायाँलाई बाघले आक्रमण गरेको  रहेछ । उनलाई बचाउँन गएका पति दिल बहादुरलाई  समेत बाघले आक्रमण गरेर घाइते बनाएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिब ओलीले जानकारी दिएका छन् ।

रुम्बाको घाँटी र छातिमा अनि मुक्तानको छाती अनी पाखुरामा चोट लागेको छ । स्थानीय मेडिकलमा सामान्य उपचार पछि  थप उपचारको लागी हेटौंडा स्थित चुरेहिल अस्पताल पठाईएको प्रहरी  निरीक्षक ओलीले बताए । उनका अनुसार दुबै जनाको अवस्था सामान्य छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै