• २०८१ बैशाख १५ शनिबार

बन्दुकको धरापमा परेर बारामा युवाको मृत्यु

kharibot

बारा । बँदेल मार्नका लागि थापेको बन्दुकको धरापमा परि बारामा एक जना युवाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ डकाहाका इन्द्रबहादुर सिंजालीका छोरा २८ वर्षिय सागर सिंजाली मगरको धरापमा परि मृत्यु भएको हो ।

सिंजाली गाउँका अन्य युवासहिँत बालगंगा खोलामा माछा मार्दै गर्दा सोही पालिकाको धर्मनगर नजिकै खोला किनारमा थापिएको धरापमा परेका स्थानीयले बताए ।

गएराती १ बजे भएको घटनामा परि ऊनी गम्भीर घाइते भएका थिए । तत्कालै उद्दार गरि उपचारका लागि लगिएको थियो ।

उपचारको क्रममैं उनको बयोधा अस्पताल वीरगंजमा ज्यान गएको स्थानीय शिक्षक डम्बरबहादुर आलेले जानकारी दिए । 

मृतकको शव अस्पताल मैं राखिएको छ । घटना बारे जानकारी भए पनी यकिन विवरण आइनसकेको र ईलाका प्रहरी कार्यालय सिमराको टोली बिहानैंबाट अनुसन्धानमा खटिएको बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै