• २०८१ बैशाख १३ बिहीबार

बाराको पिपडारीमा पुरुषको बेवारिशे शव फेला

kharibot

बारा । बाराको कलैया उपमहानगरपालिका १३ पिपडारी स्थित गहुँ खेतमा बेवारिशे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

काटेको गहुँ खेतमा अन्दाजी ५०-५२ वर्ष उमेर भएको नाम, थर र वतन नखुलेको पुरुषको शव फेला परेको हो ।

गहुँ खेतमा शव देखेर स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरे पछि घटना स्थलमा प्रहरी टोली पुगेको थियो ।

मृतकको शव कलैया अस्पतालमा राखिएको र उनको पहिचान खुलाउँने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

ती पुरुषको मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको डिएसपी थापाले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै