काठमाडौँ । जनकपुर बोल्ट्सका श्रीलंकन खेलाडी लाहिरु मिलान्था फाइनल खेलको प्लेयर अफ द म्याच बनेका छन् ।
फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध मिलान्थाले ४९ बलमा ८७ रनको आक्रामक पारी खेल्दै जनकपुरलाई उपाधि जिताएका थिए । मिलान्था यस एनपीएलमा सर्बाधिक २९३ रन बनाउने खेलाडी समेत हुन् ।
शनिबार सम्पन्न फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै एनपीएलको उपाधि जितेको थियो ।