• २०८१ बैशाख १५ शनिबार

विवाहको कार्यक्रममा करेन्ट प्रवाह हुँदा महिलाको मृत्यु, ७ जना घाइते

kharibot

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ, भने ७ जना घाईते भएका छन् ।

जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं.१ का शिव मन्दिर टोल बस्ने नरेश राउतको छोरीको विवाहको मटकोर पुजामा गएराती गाउँका महिलाहरुलाई भेला गराएर सामुहिक गीत गाउँने क्रममा बिद्युतिय करेन्ट प्रवाह भएको हो ।

वैवाहिक गीत गाउने क्रममा माइकबाट अचानक विद्युत प्रवाह हुँदा राउतको ३० वर्षिया बहिनी समधरिया देवी राउत सहिँत ८ जनालाई करेन्ट लागेर घाईते भएका थिए ।

घाइते मध्ये समधरियाको अवस्था चिन्ताजनक रहँदा स्थानीय शुकदेव चोकस्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

स्थानीय ३५ वर्षिया सीता देवी राउत, ३५ वर्षिया अनिता देवी राउत, ६५ वर्षिया मन्तोरिया देवी, ७० वर्षिया मुनि राउत, ६५ वर्षिया केवला देवी, ५५ वर्षिया शुसिला देवी, ७५ वर्षिया हिरिया देवी घाइते भएका छन् ।

घाइतेहरुको गंगापिपरा स्थित वागमती अस्पताल प्रालीमा उपचार औषधी उपचार भईरहेको जानकारी दिदै रौतहट प्रहरीको प्रवक्ता एवंम् डिएसपी सुनिल मल्लले घटनाको प्रारम्भीक अनुसन्धानको क्रममा पुजा मटकोरको बेला गाउँको महिलाहरु बसेर सामुहिक रुपमा गीत गाउँदै गरेको अवस्थामा अचानक हाइटेन्सन तारमा विद्युत सर्ट भई माईकमा करेन्ट प्रवाह हुँदा उक्त दुर्घटना भएको बताए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै