• २०८१ पौष १३ शनिबार

सुजुकी मोटरका पूर्व अध्यक्ष ओसामु सुजुकीको निधन

kharibot

काठमाडौँ । जापानको सुजुकी मोटरका पूर्व अध्यक्ष ओसामु सुजुकीको ९४ बर्षको उमेरमा निधन भएको छ । जापानी मिडिया एनएचकेका अनुसार सुजुकीलाई घातक लिम्फोमा रोग लागेको थियो ।

सुजुकी भारतीय बजारमा कार निर्माताको प्रवेश गराउन नेतृत्व गर्नका लागि परिचित छन् । उनले सन् १९८३ मा भारतमा कार उत्पादन सुरु गरेका थिए ।

उनले सुजुकी मोटरको अध्यक्षबाट २०२१ को फेब्रुअरीमा राजीनामा दिएका थिए । उनले कम्पनिको ४० बर्षभन्दा बढी नेतृत्व गरेका थिए ।

सुजुकीको जीवन यात्रा एक साधारण परिवारबाट सुरु भएको थियो र ओसामु सुजुकीको जन्म ३० जनवरी १९३० मा जापानको गेरो गिफु प्रिफेक्चरमा भएको थियो । 

टोकियोको चाओ युनिभर्सिटीमा कानूनको डिग्री अध्ययन गरेका उनले जुनियर हाई स्कूल शिक्षक र नाइट गार्डको रूपमासमेत काम गरेका थिए । सन १९५३ मा स्नातक गरेपछि उनले सुरुमा बैंकमा काम गरे । त्यस पछि विवाह गरेर सुजुकी पारिवारिक व्यवसायमा सामेल भएका थिए। यो टर्निङ प्वाइन्टले उनको छ दशक लामो करियरको सुरुवात गर्‍यो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै