• २०८१ बैशाख १६ आइतबार

पोखरिया अस्पतालमा केमिकल अभाव

kharibot

वीरगंज । जिल्ला अस्पताल, पोखरियामा रहेको प्रयोगशालामा केमिकल अभाव हुँदा पनि सरोकारवालाहरू मौंन बसेका छन् ।

बिगत चार महिनादेखि प्रयोगशालामा विभिन्न केमिकलहरूको अभाव रहेको र सो बारे अस्पताल व्यवस्थापन समिति, पोखरिया नगरपालिका कार्यालयलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको मेसु डा.संजय गुप्ताले बताए ।

उनले प्रयोगशालामा केमिकल अभाव भएको र सबै प्रकारकाे परिक्षणहरू चार महिना देखि प्रभावित भएको भनी ध्यानाकर्षण गराउँदा पनि ‘आज-भोलीमा हुन्छ' भनेर अहिले सम्म केमिकल उपलब्ध नगराइएको आरोप लगाए । पोखरिया जिल्ला अस्पतालमा दैनिक २५–३० जना बिरामी प्रयोगशालामा विभिन्न परिक्षण गराउँन आउछन् ।

पछिल्लो समयमा यो अस्पतालको प्रयोगशालामा जिल्ला कै उत्कृष्ट मेशिनहरू जडान गरिएका छन् ।

वीरगंजमा पनि सम्भव नहुने परिक्षणहरू पोखरियामा हुने गरेको मेसु डा.गुप्ताले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै