• २०८१ पौष १३ शनिबार

सुदूरपश्चिम प्रदेश सभाको विषयगत समितिमा सत्ता गठबन्धनबीच मिल्यो भागबण्डा

kharibot

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा सत्ता गठबन्धनमा भागबण्डा मिलेको छ  ।  भागबण्डा मिलेसँगै सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिले सभापति पाउने भएका छन् । 

बिहीबार सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिमा भागबण्डा मिलेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाह र एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच भएको छलफलमा समितिको सभापतिमा भागबण्डा मिलेको हो । दुई दलका प्रमुख नेताबीच भएको सहमतिअनुसार प्रदेश सभामा चार वटा विषयगत समिति रहेकोमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले एक के समितिको सभापति लिनेछन् ।

सहमति अनुसार प्रदेशको अर्थ बिकास तथा प्राकृतिक स्रोत बिकासको सभापती नागरीक उन्मुक्ती पार्टी (नाउपा) ले पाउनेछ । त्यस्तै सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले पाउने भएको छ भने एमालेले सामाजिक विकास समिति तथा नेपाली कांग्रेसले बिशेष समितीको सभापति पाउनेछ ।

त्यस्तै दुई दलबीच भएको सहमति अनुसार बिषयगत समितिहरुको कामको भारलाई ध्यानमा राखी आवश्यकता र औचित्यको पुष्टी भएमा अर्थ बिकास तथा प्रकृतिक स्रोत बिकास समिति बिभाजन गर्ने प्रकृया अगाडी बढाईनेछ । दुई समिति विभाजन गरेर बनाइने समितिको नेतृत्व कांग्रेसले पाउनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै