जनकपुरधाम । नाम र राजधानी टुंगो लगाउन सफल भएपछि मधेस सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम टुंगाएको खुसीयालीमा प्रदेश सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।
दलहरुबीच सहमति नबनेपछि सोमबारको प्रदेश सभाले दुई तिहाई मतका साथ प्रदेशको नाम र राजधानी टुंगो लगाएको हो ।