काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी आइतबार बस्ने भएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव डा. प्रदिप पराजुलीका अनुसार चैत्र १० गते आइतबार दिउँसो १: ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने छ ।