• २०८१ चैत ५ मंगलबार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

kharibot

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको काठमाडौँमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक आज बस्दैछ । 

चैत १५ गते समाजवादी मोर्चाले गर्न लागेको वृहत् विरोध प्रर्दशनको तयारीका निम्ति बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बस्ने बैठकमा उक्त प्रर्दशनको तयारीलगायतका विषयमाथि छलफल हुने पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

ज्वालाकाअनुसार चैत ५ गते केन्द्रीय आयोग, केन्द्रीय विभागका प्रमुख र उपप्रमुखहरु, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सचिवालय सदस्यहरुको संयुक्त बैठकको आह्वान गरिएको छ । 

त्यस्तै चैत ६ गते काठमाडौँ, ललितपुर र भक्तपुर पार्टी जिल्ला कमिटीहरुको संयुक्त बैठक, चैत ७ गते दिउँसो ३ बजे केन्द्रीय मोर्चा संगठनको बैठक, चैत ८ गते उपत्यका प्रदेश कमिटीको बैठक, चैत ९ गते पार्टी सम्पर्क प्रदेश कमिटीको बैठक केन्द्रीय कार्यालयमा बस्ने मिति तय गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै