• २०८१ चैत ४ सोमबार

देउवाले बोलाए पदाधिकारी बैठक

kharibot

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पदाधिकारी बैठक बोलाएका छन् ।

देउवाले मंगलबार अपराहन्न २ बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्नेगरि बैठक बोलाएका हुन् ।

पछिल्लो समय राजावादीहरुको आन्दोलन चर्किएको अवस्थालाई हेरेर प्रमुख दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

अहिले व्यवस्थामाथि नै चूनौति दिन थालिएको भन्दै गणतन्त्र पक्षधरहरु मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने हल्लापनि चलाईएपछि सत्ता र प्रतिपक्षमा रहेका दलहरु लगातार छलफलमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै