• २०८१ चैत ५ मंगलबार

एटलेटिको म्याड्रिडविरुद्ध बार्सिलोनाको शानदार पुनरागमन जित

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा बार्सिलोना २-० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै शानदार जित हासिल गरेको थियो ।

बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए । त्यसअघि एटलेटिको म्याड्रिडका लागि जुलियन अल्भारेज र एलेक्जान्डर सोरलोथले एक एक गोल गरेका थिए । खेलको ७०औं मिनेटसम्म २-० ले अघि रहेको एटलेटिकोले त्यसपछि ४ गोल खाएको थियो ।

यो जितपछि बार्सिलोना लिगको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २७ खेलमा ६० अंक भएको छ । त्यस्तै २८ खेल खेलेको रियल म्याड्रिड ६० नै अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी एटलेटिको म्याड्रिडको २८ खेलमा ५६ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै