काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले चेल्सीमाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा खेलको २०औं मिनेटमा मिकेल मेरिनोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि आर्सनलको २९ खेलमा ५८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ ।
त्यस्तै चेल्सीको भने यस सिजनमा यो आठौ हार हो । यो हार पछि चेल्सीको २९ खेलमा ४९ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।