• २०८१ फाल्गुण १२ सोमबार

पोप फ्रान्सिसको अवस्था गम्भीर

kharibot

काठमाडौँ । ईसाई धार्मिक नेता पोप फ्रान्सिसको अवस्था गम्भीर रहेको छ । भ्याटिकन सिटीले विज्ञप्ति मार्फत पोप फ्रान्सिसको दुवै फोक्सोमा निमोनिया भएको जानकारी दिएको हो ।

भ्याटिकनले जारी गरेको विज्ञप्तिमा पोपको अवस्था खतरामुक्त नरहेको बताएको छ ।

८८ वर्षीय पोप फ्रान्सिसलाई श्वासप्रश्वासको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । शनिबारदेखि उनलाई सास फेर्न गाह्रो भइरहेको बताइएको छ । उनको स्वास्थ्य खराब हुदै गएको जानकारी दिइएको छ ।  

पोप फ्रान्सिसको रोमस्थित जेमेली अस्पतालमा उपचार भइरहेको छ । पोप प्लेटलेट काउन्ट घटेको र रक्तअल्पता पनि रहेकाले उनलाई रगत पनि चढाइएको जानकारी दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै