काठमाडौँ । पश्चिम अफ्रिकाबाट स्पेनका लागि गइरहेको डुङ्गा मोरक्कोमा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । मारिनेमा २५ जना मालीका नागरिक भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यो ‘अस्थायी डुङ्गा’ मा करिब ८० जना मानिस सवार थिए, जसमध्ये ११ जना मात्रै बाँच्न सकेको माली अधिकारीहरूले जानकारी दिएका छन्।
यो डुङ्गा गत हप्ता डुबेको थियो तर मालीले अहिले पुष्टि गरेको छ । मालीले स्थितिको समीक्षा गर्न आफ्नो संकट इकाई पठाएको छ ।
माली लामो समयदेखि जिहादी र पृथकतावादी हिंसाको सिकार हुँदै आएको छ । जसका कारण सन् २०२० र २०२१ मा देशमा सैनिक विद्रोह भयो । सैन्य सरकारले सन् २०२४ को मार्चमा आम निर्वाचन गराउने वाचा गरेको थियो तर ती निर्वाचनहरू अहिलेसम्म भएका छैनन्।
देशको अवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा मानिसहरु गैरकानुनी रुपमा युरोप पुग्न एट्लान्टिक रुट प्रयोग गरिरहेका छन् । यो दुर्घटना पनि यसैक्रममा भएको हुनसक्ने अनुमान गरिएको छ ।