• २०८१ फाल्गुण १२ सोमबार

झडपपछि ताप्लेजुङमा निषेधाज्ञा जारी

kharibot

काठमाडौं । ताप्लेजुङमा निषेधाज्ञा जारी भएको छ । पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार राति आन्दोलरत पक्ष र प्रहरीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

गएराती भएको झडपमा ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाईते भएका थिए । राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा सो झडप भएको थियो ।

प्रशासनले अर्को आदेश नभएसम्मका लागि फुङलिङ नगरपालिकाको बजार क्षेत्र र काफ्लेपाटी- बल्लुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गरेको जानकारी दिएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै