काठमाडौँ । पाथीभरा केबलकार निर्माणविरुद्धको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।
उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले रिट निवेदनमा दरपीठ गरेका हुन् ।
आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले ३ फागुन, २०७७ मा दर्ता गरेको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन भएको र त्यही विषयमा पुरक निवेदन समेत परेको भनी सर्वोच्च अदालतले नयाँ निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।
पाथीभरा केबलकार निर्माणको विरोध गर्दै स्थानीयले नो केबलकार अभियान चलाएर विरोध गरिरहेका छन् ।