• २०८१ माघ २८ सोमबार

नो केबलकार समुहले गृहमन्त्री लेखकसँग सोमबार भेटवार्ता गर्ने

kharibot

काठमाडौँ । ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकारविरुद्ध 'नो केबलकार' अभियान चलाइरहेको समूहले गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने भएको छ ।

नो केबलकार समुह र गृहमन्त्री लेखकबीच सोमबार साँझ ६ बजे भेटवार्ता हुने ताप्लेजुङका सांसद योगेश भट्टराईले जानकारी दिएका छन् ।

सांसद भट्टराईले आइतबार नो केबलकार समुहसँग संवाद गरेको जानकारी दिदै सरकारले तोकेको वार्ता समितिसँगको छलफललाई निरन्तरता दिएर वार्तामार्फत नै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

नो केबलकार समूहले आफूहरूको आस्था मुक्कुम्लुङमा चोट पुग्ने भन्दै त्यहाँ केबलकार बन्न नहुने माग गर्दै आएको छ भने निरन्तर आन्दोलनसमेत गर्दै आएको छ ।

नो केबलकार समुह र सरकारबीच आइतबार भएको बार्ता बिना निष्कर्ष सकिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै