• २०८१ फाल्गुण १० शनिबार

बोलेकै भरमा पूर्वराजालाई पक्राउ गर्नुहुदैन, सुधार गरेर जवाफ दिनुपर्छ- गगन थापा

kharibot

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले बोलेकै भरमा वा विज्ञप्ती जारी गरेकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न नहुने टिप्पणी गरेका छन् ।

प्रजातन्त्र दिवसको अघिल्लो दिन विज्ञप्ती जारी गरेको विषयमा राजनीतिक तहमा ज्ञानेन्द्र शाहबारे टिकाटिप्पणी भइरहेका बेला विराटनगरमा पत्रकारको प्रश्नको जवाफमा महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् ।

महामन्त्री थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको स्पष्ट पार्दै जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्ने बताए । उनले भने,‘पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुखबन्द गर्न जादैनौँ ।’
साथै उनले पूर्वराजाको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रुपमा लिएर राजनीतिक कर्ममा सुधार गरेर जवाफ दिनुपर्ने बताए। 

यही सन्दर्भमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजाको अभिव्यक्ति संविधानविरोधी भएको भन्दै उनलाई नियन्त्रणमा लिनुपर्ने मत राखेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै