काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को ५८औं नियमित सत्रमा भाग लिनको लागि स्वीट्जरल्याण्ड जाने भएकी छिन् ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राणाको उक्त भ्रमण स्वीकृत गरेको हो ।
मन्त्री राणा फागुन १२ गतेदेखि १४ गतेसम्म जेनेभामा आयोजना हुने हाई लेभल सेग्मेन्टमा सहभागी हुने बताइएको छ ।