• २०८१ फाल्गुण ११ आइतबार

जसको पायो उसको सहयोग स्वीकार नगरौं- गोकुल बास्कोटा

kharibot

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सहयोगको नाममा जसको पायो उसैको सहायता स्वीकार गर्न नहुने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका नेता बास्कोटाले सहयोगका नाममा जे पायो त्यही र जसको पायो त्यही स्वीकार गर्ने परम्परा त्याग्नुपर्ने बताएका हुन् ।

बास्कोटाले भने ‘अमेरिकाले लामो समयदेखि विभिन्न एजेन्सीमार्फत नेपाललाई सहयोग गर्दै आएको छ । नेपालले पनि सहयोग स्वीकार गर्दै आयो । तर आज आज ठग बनाइएका छौं, उल्टो प्रहार हामीमाथि भएको छ । उनीहरूले सहयोग दिए हामीले लियौं, जसले सहयोग दिएको हो उसले फ्रड गरेको हो कि हामीले गरेको ? उहाँहरूले दिएको सहयोगको अनुगमन र लेखा परीक्षण कसले गरेको छ ? त्यसैले अब हामीले आँखा खोल्नुपर्छ, सहयोगका सीमाहरू स्पष्ट पार्नुपर्छ । जे पायो त्यही, जसको पायो त्यही स्वीकार नगरौं, बजेटरी सिस्टमभित्र पनि सुधार गरौं ।'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको वित्तीय सहायतालाई फ्रड भनेकोप्रति आपत्ति जनाउँदै बास्कोटाले अब आँखा खोल्ने बेला आएको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै