• २०८१ फाल्गुण १० शनिबार

यस्तो छ लेबनानविरुद्ध खेल्ने नेपाली लाइन अप

kharibot

काठमाडौ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको लेबनानविरुद्ध आज हुने खेलको नेपाली लाइन अप सार्बजनिक गरिएको छ ।

आजको खेलमा सावित्रा भण्डारी साम्बा, रेखा पौडेल र सबिता राना मगरले फरवार्डको जिम्मेवारी सम्हाल्ने छन् ।

लेबनानविरुद्धको नेपाली टिममा अन्जिला सुब्बा (गोलकिपर), समिक्षा घिमिरे, गीता राना, बिमला विक, पुजा राना, प्रिती राई, रेनुका नगरकोटी, बिमला चौधरीसहित सबिता, सावित्रा र रेखा रहेका छन् ।

नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गर्दै ३ अंक हासिल गरेको छ भने लेबनानले म्यान्मारसँग हार बेहोरेको थियो । 

यसअघि आजै सम्पन्न च्याम्पियनसिप अन्तर्गतको खेलमा म्यान्मारले किर्गिस्तानलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै