• २०८१ फाल्गुण १० शनिबार

प्रश्नपत्र दिने प्रलोभन देखाएर छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ

kharibot

सिन्धुली । परीक्षाको प्रश्नपत्र दिन्छु भन्ने प्रलोभन देखाएर आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलत्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको मरिण गाउँपालिका वडा नं.१ स्थित निमावि बसेरीमा कक्षा ८ मा पढ्ने १४ वर्षीया छात्रालाई सोहि विद्यालयका बिज्ञान शिक्षक जाजरकोट भेरी नगरपालिका वडा नं. ९ का गोरख वि.क.ले जबर्जस्ती करणी गरेको भन्ने जानकारी पाएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

परीक्षाको प्रश्नपत्र दिन्छु भनि कोठामा बोलाई बुधबार राती साढे दश बजेदेखि बिहिबार बिहान ३ बजेसम्म पटक पटक बलत्कार गरेको आरोप लागेका शिक्षक वि.क.लाई शुक्रबार नियन्त्रणमा लिईएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काका अनुसार शुक्रबार विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक भेला भई छलफल गरि र वडाका वडाअध्यक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी हरिहरपुरगढीको टोलीले शिक्षकलाई नियन्त्रणमा लिएको थियो भने बालिकाको उद्धार गरेको छ ।

बलात्कार आरोपी शिक्षकलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै