• २०८१ फाल्गुण ११ आइतबार

३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता

kharibot

काठमाडौं । ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ ।सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी प्राली र नेपाल विद्युत प्राधिकरणबीच कनेक्सन एग्रिमेन्टमा हस्ताक्षर भएको हो । 

आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मध्य घुन्सा खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन २२०÷१३२ केभी हाङपाङ सब–स्टेसनमा जोडिने कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०का महासचिव बलराम खतिवडाले बताए ।

त्यसका लागि आयोजनाले साढे ६ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारणलाईन निर्माण गर्नेछ । त्यसमा  १३२÷२२० केभीएको ट्रान्सफर्मर जडान गरी प्राधिकरणको प्रणालीमा २२० केभीमा विद्युत प्रवाह गर्नेछ । ताप्लेजुङको फत्तालुङ गाउँपालिकामा निर्माण हुने आयोजना सन २०२६ मा निर्माण सुरु गरी सन २०२९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख उज्वल श्रेष्ठले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै