• २०८१ फाल्गुण ११ आइतबार

क्यानले माग्यो मुख्य प्रशिक्षकमा आवेदन

kharibot

काठमाडौं । रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो। आगामी १६ गतेसम्म आवेदन दिन सकिने क्यानले जनाएको छ ।

मुख्य प्रशिक्षकका लागि कम्तिमा ईसिबी वा सिएबाट लेभल ३ को पार गरेको हुनुपर्ने, कम्तिमा ५ वर्ष व्यवसायिक रुपमा प्रशिक्षणको अनुभव हुनु पर्ने, क्रिकेट कल्चर तथा एसोसिएट राष्ट्रको ओडिआई साईकलबारे जानकार हुनुपर्ने क्यानले जनाएको छ ।

मुख्य प्रशिक्षक मोन्टी देसाईको २ बर्षे कार्यकाल सकिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पद खालि रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै