काठमाडौँ । हमासले आज रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक गरेको छ ।
बिबिसीका अनुसार शनिबार हमासले इजरायली-रुसी साशा ट्रुपानोभ, इजरायली-अमेरिकी सागुई डेकेल-चेन र इजरायली-अर्जेन्टिनाका यायर हर्नलाई रिहा गर्ने जानकारी दिएको छ ।
हमासले शनिबार छैटौँपटक बन्धक रिहा गर्न लागेको हो । यसअघि जनवरी १९ मा भएको युद्धविरामको सम्झौतापछि हमासले अहिलेसम्म २१ बन्धक रिहा गरिसकेको छ ।
हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी भने यसपटकको रिहा सूचीमा पनि पनि परेका छैनन् ।