• २०८१ फाल्गुण ४ आइतबार

हमासको नियन्त्रणमा रहेका थप तीन बन्धक रिहा

kharibot

काठमाडौँ । हमासले थप तीन बन्धकलाई रिहा गरेको छ ।

बिबिसीका अनुसार शनिबार हमासले इजरायली-रुसी साशा ट्रुपानोभ, इजरायली-अमेरिकी सागुई डेकेल-चेन र इजरायली-अर्जेन्टिनाका यायर हर्न रेडक्रसको टिमलाई हस्तान्तरण गरेको छ ।

हमासले छैटौँ पटक बन्धक रिहा गरेको हो । यसअघि जनवरी १९ मा भएको युद्धविरामको सम्झौतापछि हमासले अहिलेसम्म योसहित २४ बन्धक रिहा गरिसकेको छ ।

हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी भने यसपटकको रिहा सूचीमा पनि पनि परेका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै