• २०८१ माघ २८ सोमबार

एमआइ केप टाउनले जित्यो एसए २० को उपाधि

kharibot

काठमाडौँ । एमआइ केप टाउनले यस सिजनको दक्षिण अफ्रिकाले आयोजना गर्ने एसए २० को उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा एमआइ केप टाउनले सनराइजर्स इस्टर्न केपलाई ७६ रनले पराजित गर्दै उपाधि जितेको हो ।

एमआइ केप टाउनले दिएको १८२ रनको लक्ष्य पछाएको इस्टर्न केपले १८.४ ओभरमा अलआउट हुदै केवल १०५ रन मात्र बनाएको थियो ।

इस्टर्न केपलाई अल आउट गर्नेक्रममा एमआइ केप टाउनका कागीसो रबाडाले सर्बाधिक ४ विकेट लिएका थिए भने ट्रेन्ट बोल्ट र जर्ज लिंडेले २-२ तथा राशिद खान र कोर्बिन बोचले एक एक विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको एमआइ केप टाउनले २० ओभरमा ८ विकेट गुमाउदै १८१ रन बनाएको थियो ।

एमआइ केप टाउन आइपिएल फ्रेन्चाईजी मुम्बई इण्डियन्सको लगानी भएको क्लब हो । एमआइ केप टाउनको कप्तानी अफगानिस्तानका राशिद खानले गरेका छन् ।

योसहित तीन सिजन सम्पन्न भएको एसए २० का अघिल्ला दुई सिजन सनराइजर्स इस्टर्न केपले जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै