काठमाडौँ । भारतले इङल्याण्डविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ ।
गएराती सम्पन्न सिरिजको पाँचौं तथा अन्तिम खेलमा भारतले इङल्याण्डलाई १५० रन अन्तरले पराजित गर्दै सिरिज ४-१ ले जितेको हो ।
भारतले दिएको २४८ रनको लक्ष्य पछाएको इङल्याण्डले १०.३ ओभरमा अल आउट हुदै ९७ रन मात्र बनाएको थियो ।
इङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ५५ रन बनाए भने अन्य ब्याट्सम्यानले साथ नदिदा लज्जास्पद हार बेहोर्नु परेको थियो ।
इङल्याण्डलाई अल आउट गर्नेक्रममा भारतका बलर मोहमद शामीले सर्बाधिक ३ विकेट लिए भने वरुण चक्रवर्ती, शिभम दुवे र अभिषेक शर्माले २-२ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गर्दै भारतले अभिषेक बर्माको १३५ रनको शतकीय पारीको मद्धतले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको थियो । अभिषेक शर्माले ५४ बलमा ७ चौका र १३ छक्का प्रहार गर्दै १३५ रन बनाएका थिए ।
योसँगै भारतले सिरिज ४-१ जितेको छ । भारत भ्रमणमा रहेको इङल्याण्डले अब एकदिवसीय खेल्ने छ । एकदिवसीय सिरिज फेब्रुअरी ६ देखि शुरु हुदै छ ।