• २०८१ माघ २८ सोमबार

मास्टर्स एथलेटिक्स च्याम्पियनसिमा सहभागी हुन थाइल्याण्ड जाने टिमको बिदाई

kharibot

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले २९औं थाइल्यान्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिमा सहभागी हुन जाने ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

फेब्रुअरी १२ तारिखमा हुने प्रतियोगितामा कृष्णप्रसाद सिग्देल, गिवार्णविक्रम शाह, सुनिल शाक्य, नरेन्द्रमान श्रेष्ठ, अशोक विष्ट, गौतम माझी, सुनिलकुमार लालवानी, शंकर शाह र गोविन्दबहादुर थापालले विभिन्न उमेरसमूहको विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्दै छन् । टिम व्यवस्थापकमा भैरव शाही र अफिसियलमा सची शाह रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै