• २०८१ माघ २८ सोमबार

विश्वप्रकाशको प्रचण्डलाई प्रश्न- यो सरकार असंबैधानिक कसरी भयो ?

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार असंवैधानिक भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई अवैधानिक र अप्राकृतिक भनेर संसदमै भनेकोप्रति आपत्ति जनाएका थिए । 

उनले भने- ‘प्रमुख प्रतिपक्ष दलको नेता, पूर्व प्रधानमन्त्रीले माघ २४ गतेको सम्बोधनमा वर्तमान सरकार संवैधानिक पनि नभएको र प्राकृतिक पनि नभएको टिप्पणी गर्नुभयो  । कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदा कसरी प्राकृतिक थियो ? अनि कांग्रेस एमाले मिलेर सरकार बनाउँदा कसरी अप्राकृतिक भयो ?’

शर्माले दुई वटा भिन्न गठबन्धन मिलेर सरकार बन्नु समयको बाध्यता, गणितीय बाध्यता र परिस्थितिको बाध्यता भन्दै सरकारहरु संवैधानिक रूपमै गठन भएको दाबी गरेका थिए । 

एउटै संविधान, उही धारा प्रयोग गरेर कांग्रेसको समर्थन माओवादी अध्यक्ष प्रधानमन्त्री बन्दा संवैधानिक हुने तर त्यही संविधान, त्यही उपधारा र त्यही नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दा त्यो कसरी असंवैधानिक ? भन्दै प्रचण्डलाई प्रश्न गरेका थिए । 

महामन्त्री शर्माले प्रचण्डले अभिव्यक्त गरेको विचार आवेगात्मक भएको बताउदै चोर बाटोबाट अध्यादेश ल्याएको भन्ने कुराको पनि आपत्ति जनाएका थिए । उनले यस अघि प्रचण्ड नेतृत्वको सरकारले पनि अध्यादेश ल्याएको बताउदै आफुहरु प्र्तिपक्षमा रहेको बेला अध्यादेशको कन्टेन्ट हेरेर समर्थन गरेको स्मरण गराएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै