• २०८१ माघ १४ सोमबार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

kharibot

काठमाडौँ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

हाल  कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भु-भाग मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ ।

आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घण्टा तराईका धेरै स्थानहरू बिहानीपख  हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै