• २०८१ पौष २९ सोमबार

भारतको प्रयागराजमा महाकुम्भ मेला आजदेखि शुरु, करिब ४० करोडले स्नान गर्ने

kharibot

काठमाडौँ । भारतको उत्तर प्रदेशको संगम शहर- प्रयागराजमा दिव्य र भव्य महाकुम्भ मेला सुरु भएको छ । पौष पूर्णिमासँगै २६ फेब्रुअरीसम्म चल्ने महाकुम्भ आजदेखि सुरु भएको हो ।

यस पटक महाकुम्भमा ४० करोडभन्दा बढी भक्तजनहरू सहभागी हुने अपेक्षा गरिएको छ । यस अवसरमा, विश्वभरका मिडिया समूहहरू प्रयागराजमा भेला भएका छन् । तीमध्ये अमेरिका, बेलायत, फ्रान्स, जर्मनी लगायत देशका पत्रकारहरू पनि पुगेका छन् । यसबाहेक, केही अन्य संस्थाहरूले पनि महाकुम्भको आयोजनाको भव्यता र यसको लागि गरिएको तयारीलाई अवलोकन गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

१२ वर्षपछि महाकुम्भ मेला मनाइँदैछ र यस कार्यक्रममा ४० करोडभन्दा बढी भक्तजनहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ । 

महाकुम्भको पहिलो स्नान पर्व, पौष पूर्णिमामा आज साँझ चार बजेसम्म, लगभग एक करोड भक्तजनहरूले गंगा, यमुना र सरस्वतीको संगममा स्नान गरेको बताइएको छ । मेला प्रशासनको दाबीलाई विश्वास गर्ने हो भने, यो संख्या साँझ अबेरसम्ममा १.२५ करोड नाघ्न सक्छ । विद्यार्थी, युवाका साथै महिला लगायत वृद्ध भक्तजनहरू स्नान गर्न संगम किनारमा पुगिरहेका छन् । व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ । यो मुख्यतया रामघाट र काली मार्ग हुँदै भइरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै