• २०८१ पौष २९ सोमबार

थुनछेक बहस नसकिएपछि रवि लामिछाने आजपनि प्रहरी हिरासतमा

kharibot

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको प्रतिवादी रहेका लामिछानेको मुद्दामा थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।

थुनछेक बहस सकिएपछि लामिछानेसहित ३९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छोड्ने भन्ने आदेश आउने छ ।

गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका रवि आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । रवि सहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।

सो सहकारीबाट गोर्खा मिडियामा ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

पोखराको सूर्य दर्शन सहकारी ठगीमा कात्तिक २ गतेदेखि प्रहरीको हिरासतमा रहेका लामिछाने गत बिहीबार न्यायाधीश नीतिज राईको इजलासको आदेश अनुसार बिहीबार राती परिवारको साथमा छुटेका थियो । सो सहकारीमा मुछिएका सातै जनालाई धरौटी माग गरिएको थियो । कास्कीबाट छुटेका रविविरुद्ध अब काठमाडौंसहित चितवन, रुपन्देही र पर्सामा पनि मुद्दा दायर हुँदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै