काठमाडौँ । अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ ।
लस एन्जलस काउन्टी मेडिकल परीक्षकले आगलागीमा मृत्यु भएका व्यक्तिहरूको पहिचान भइरहेको बताएको छ।
'आगोको अवस्था र सुरक्षा चिन्ताका कारण मेडिकल परीक्षक विभाग मृत्युस्थलमा पहुँच गर्न असमर्थ भएकोले मृतकको पहिचान गर्न धेरै हप्ता लाग्न सक्छ,' उनले एक विज्ञप्तिमा भने । मृतकका परिवारलाई जानकारी गराउने प्रक्रिया पनि भइरहेको जानकारी दिइएको छ ।
यसअघि, पालिसेड्स आगलागीमा दुई जना र इटन आगलागीमा पाँच जनाको मृत्यु भएको जानकारी बाहिर आएको थियो ।
राष्ट्रपति जो बाइडेनले दक्षिणी क्यालिफोर्नियामा 'जीवन र सम्पत्तिको सुरक्षा' गर्न आगामी छ महिनाको खर्च संघीय सरकारले बेहोर्ने घोषणा गरेका छन् ।
अहिलेसम्म आगलागी प्रभावित ४ लाख भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ भने १० हजार भन्दा बढी भवन संरचना ध्वस्त भएका छन् ।