• २०८१ पौष २७ शनिबार

महिला यू-१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई

kharibot

काठमाडौं । मलेसियामा अर्को साताबाट सुरु हुने यू-१९ विश्वकप क्रिकेटमा सहभागी हुने नेपाली क्रिकेट टिमको बिदाई गरिएको छ ।

बिहीबार बिहान काठमाडौंको लाजिम्पाटस्थित दुषित प्रिन्ससमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले खेलाडीहरूको विदाई गरेका हुन् ।

क्यानले महिला यू-१९ क्रिकेट विश्वकपमा खेल्ने नेपाली टिमको घोषणा गरेको छ । क्यानले विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको थियो ।

नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ । त्यस्तै जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।

मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन् । जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै