• २०८१ पौष २६ शुक्रबार

नेपाल-भारत वाणिज्य सचिवस्तरको बैठक आज काठमाडौँमा

kharibot

काठमाडौं । नेपाल-भारत वाणिज्य सचिवस्तरको बैठक आज काठमाडौंमा बस्दै छ ।  नेपालमा उत्पादन भएका वस्तुको निर्यात र व्यापारमा सहजीकरणको मुख्य एजेन्डा रहेको बैठकमा नेपाली पक्षले नेपाल-भारत वाणिज्य र पारवहन सन्धिको पुनरावलोकनसम्मका विषय उठाउने भएको छ ।

पछिल्लो समय भारतले गुणस्तर चिह्नको कारण देखाउँदै नेपाली वस्तुको निर्यातमा अवरोध गरिरहेको छ । सिमेन्ट, जुत्ता, सेनेटरी प्याड जस्ता वस्तुको निर्यात सहज हुन सकिरहेको छैन । त्यसैगरी भारतीय पक्षले भारतमा उत्पादन भएको दुग्ध पदार्थको सहज प्रवेश दिन माग गरेको छ ।

नेपालले कुल वस्तु आयातमध्ये ६४ प्रतिशतभन्दा धेरै भारतबाट गरिरहेको छ । त्यस्तै ६८ प्रतिशतभन्दा बढी वस्तु निर्यात पनि भारतमै हुने गरको छ । 

बैठकमा कृषिजन्य वस्तुको आयात र निर्यातका लागि नेपाली प्रयोगशालादेखि क्वारेन्टाइनसम्मका समस्या हल गर्ने विषयमा छलफल भइरहेको छ । 

अहिले भारतले तेस्रो देशबाट सामान ल्याउन तीन वटा बन्दरगाहको सुविधा दिएको भएपनि नेपालले तेस्रो देश निर्यातका लागि धान्द्रा र मुन्द्रा बन्दरगाहको पनि पहुँच दिन माग गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै