• २०८१ पौष २६ शुक्रबार

आफूविरुद्धको मुद्धाको सजाय रोक्न ट्रम्पको सर्वोच्चमा निवेदन

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफूविरुद्धको मुद्धाको सजाय रोक्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् । न्यूयोर्कको अदालतले उनको सजाय स्थगित गर्न गरिएको अपील खारेज गरेपछि ट्रम्पका वकिलहरू सर्वोच्च अदालत पुगेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

मुद्दामा सजायको फैसला न्यायाधीश जुआन एम. मर्चनले गर्नेछन्, जसले मे महिनामा ट्रम्पलाई ३४ आपराधिक आरोपमा दोषी ठहर गरेका थिए । ट्रम्पमाथि आफ्नो व्यापारिक कारोबार लुकाउन वा गलत रूपमा प्रस्तुत गर्न केही कागजातहरू हेरफेर गरेको आरोप लागेको थियो ।

न्यायाधीश मार्चनले ट्रम्पलाई जेल सजाय, जरिवाना वा प्यारोल (सर्तहरूमा रिहाई) नदिने संकेत गरेका छन् ।

ट्रम्पका वकिलहरूले राष्ट्रपतिलाई मुद्दा नलाग्ने सर्वोच्च अदालतको पुरानो निर्णयलाई दलिलको रुपमा पेश गर्दै आरोपबाट मुक्त गर्न आघ गरिरहेका छन् ।  तर न्यायाधीश मर्चनले भने असहमति जनाउदै त्यो सम्भव नहुने अडानमा छन् ।

सन् २०१६ को चुनावको पूर्वसन्ध्यामा पोर्न स्टार स्टर्मी डेनियललाई पैसा तिरेको विषयमा ट्रम्पलाई दोषी ठहर गरिएको विषयको सजाय जनवरी १० मा सुनाइदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै