काठमाडौँ । हलिउड अभिनेत्री एन्जेलिना जोली र ब्राड पिट आठ वर्षपछि सम्बन्धविच्छेद विवादमा सहमति मा पुगेका छन् ।
मिडिया रिपोर्टका अनुसार अभिनेत्री जोलीका वकिलले जोली र पिट सम्बन्ध विच्छेदविवादमा सहमतिमा पुगेको जानकारी दिएका छन् ।
जोली र पिटले ९ बर्ष लामो प्रेम सम्बन्धपछि २०१४ मा विवाह गरेका थिए । उनीहरूका छ सन्तान रहेछन् । जोली र पिटबाट ३ सन्तानको जन्म भएको थियो भने तीन बच्चालाई धर्मपुत्र बनाएका थिए ।
अभिनेत्री जोलीले पिटसँग विवाद भएपछि सन् २०१६ मा सम्बन्धविच्छेदको लागि निवेदन दर्ता गराएकी थिइन् ।
उनीहरुको सम्बन्धविच्छेदको कानुनी लडाई जारी रहेकै बेला २०२१ मा एक न्यायाधीशले दुबै अभिभावकलाई बच्चाहरूको संयुक्त हिरासत दिएका थिए ।
यो जोडीलाई प्रशंसकहरूद्वारा 'ब्रान्जेलिना' भनेर चिन्थे र २००५ फिल्म मिस्टर र मिसेस स्मिथको सेटमा दुवैको पहिलो पटक भेट भएको थियो ।
पिटको यो दोस्रो विवाह थियो । उनले यसअघि फ्रेन्ड्स स्टार जेनिफर एनिस्टनसँग विवाह गरेका थिए । त्यस्तै जोलीको यो तेस्रो विवाह थियो । उनले त्यसअघि अभिनेता बिली बब थोरन्टन र जोनी ली मिलरसँग विवाह गरेकी थिइन् ।