• २०८१ पौष २४ बुधबार

शिक्षामन्त्रीको माग पुरा गर्ने आश्वासनपछि नेत्र चापागाईंको आन्दोलन स्थगित

kharibot

काठमाडौं । शैक्षिक क्षेत्र सुधारको एजेण्डासहित ९ दिनदेखि माइतीघर मण्डलामा उभिईरहेका नेकपा समाजवादी पार्टीको विद्यार्थी संगठनका अध्यक्ष नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् ।

९ दिनदेखि उभिएर धर्ना दिएका चापागाईंको अवस्था बुझ्न सोमबार शिक्षामन्त्री विद्या भट्टराई र प्रतिनिधि सभाको शिक्षा समितिका सभापति अमरबहादुर थापा माइतीघर पुगेका थिए ।

माइतीघर पुगेकी शिक्षामन्त्री भट्टराईले चापागाईंले उठाएका माग पूरा गर्ने आश्वासन दिएपछि उनले आफ्नो आन्दोलन स्थगित गरेका हुन् । उनले गत पुस १४ गतेदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विभिन्न माग राखेर माइतीघर मण्डलामा धर्ना दिइरहेका थिए ।

काठमाडौंमा धर्ना दिनुअघि उनले सातै प्रदेशका विभिन्न ठाउँमा दुई/दुई दिन उभिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै