• २०८१ पौष २३ मंगलबार

रवि लामिछानेलगायत प्रतिवादीहरूको तर्फबाट बहस हुँदै

kharibot

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायतका प्रतिवादीको तर्फबाट बहस हुँदै छ ।

आज सुरुमा जाहेरवालाहरूको तर्फबाट बाँकी केही बहस भएपछि थुनामा रहेका सातजना प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन् ।

यसअघि मङ्गलवार र बुधवार दुई दिन सरकारी वकिलको कार्यालयका तर्फबाट बहस भएको थियो भने बिहीबार जाहेरवालाका तर्फबाट बहस भएको थियो । १२१ जना जाहेरवालाको तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए । यस मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस जारी छ ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित थिए । पोखराको सूर्यदर्शन सहकारी ठगीमा विभिन्न संस्थासमेत अन्य ४४ प्रतिवादी छन्, जसमा अन्य प्रतिवादी फरार रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै