• २०८१ पौष २३ मंगलबार

सन २०२५ देखि ३५ लाई पर्यटन दशकको रूपमा मनाउँछौं- मन्त्री पाण्डे

kharibot

काठमाडौं । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उद्घोष गरेका छन् ।

२६ औँ नेपाल पर्यटन बोर्डको वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मंगलबार मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने- सन् १९८९ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौं । यसअघि नेपाल सरकारले सन २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण त्यो पूरा हुन सकेन् । सरकारले अब सन् २०२५देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने छ ।

मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताए । उनले नेपाल पर्यटन  पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दे सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए । उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात गर्दै अन्तरराष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।  

'नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश हो । यही विविधता बिचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो ।  नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ । यसलाई अन्तरराष्टिय बजारमा व्यापक प्रर्वद्धन गर्न आवश्यक छ ।' उनले भने ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय