काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम ९ जिल्लाको भेला सकेको छ । रास्वपाले २८ मंसिरदेखि १० पुससम्म भएका भेलाले नयाँ नेतृत्व चयन गरेको छ ।
जिल्ला भेलाबाट कैलालीमा महेशकुमार चौधरी, दार्चुलामा गोपालसिंह कोट्यारी, बाजुरामा नवराज जैशी, अछाममा ओमप्रकाश रावल, बझाङमा सत्यराज उपाध्याय, डोटीमा केशव बलायर, डडेलधुरामा सुरेन्द्र अवस्थी, बैतडीमा भीम नाथ र कञ्चनपुरमा पदमबहादुर विष्टलाई सभापति चयन गरेको रास्वपाले जानकारी दिएको छ ।
प्रदेश कार्यसम्पादन समितिको २७ मंसिरमा बसेको निर्णय अनुसार जिल्ला भेला गरेर नयाँ नेतृत्व चयन गरेको रास्वपाका सुदूरपश्चिम महामन्त्री सन्तोषराज जोशीले जानकारी गराए ।
रास्वपाले २०८२ वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने तयारी स्वरूप हाल जिल्ला भेला गरिरहेको छ ।