काठमाडौँ । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल आउने भएका छन् । विक्रमासिङ्घे निजी भ्रमणका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले खरीबोटलाई जानकारी दिएको छ ।
उनलाई पूर्वराष्ट्रपतिका रूपमा भ्रमणका क्रममा शिष्टाचार र सुरक्षाको प्रबन्ध गर्ने सरकारले तयारी गरेको छ ।
पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपाल भ्रमणका क्रममा लुम्बिनीसमेत जाने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट गर्ने नगर्ने भने स्पष्ट भएको छैन । उनी पुस १७ गतेसम्म नेपालमै रहने बताइएको छ । विक्रमासिङ्घे हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा पराजित भएका थिए ।