• २०८१ पौष २२ सोमबार

एडल्ट स्टारलाई पैसा तिरेको मुद्दामा ट्रम्पलाई झट्का

kharibot

काठमाडौँ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एक एडल्ट स्टारलाई पैसा तिरेको मुद्दामा न्यूयोर्कका एक न्यायाधीशले ठूलो झट्का दिएका छन् । न्यायाधीशले ट्रम्प विरुद्धको सजाय हटाउन अस्वीकार गरेपछि ट्रम्पलाई यस मुद्धामा ठुलो झट्का लागेको छ । 

ट्रम्पले आफूविरुद्ध चलिरहेको यस मुद्दा खारेज गर्न माग गर्दै याचिका दायर गरेका थिए । याचिकामा ट्रम्पका वकिलहरूले मुद्दाको निरन्तरताले राष्ट्रपतिका रूपमा ट्रम्पको क्षमतामा बाधा पुग्ने र उनले सरकार राम्रोसँग चलाउन नसक्ने तर्क गरेका थिए । तर, न्यायाधीशले यो तर्कलाई मानेनन् ।

न्यायाधीशले यस मामलामा राष्ट्रपतिको उन्मुक्ति लागू नहुने स्पष्ट गरेका छन् ।

अमेरिकी मिडिया रिपोर्टका अनुसार न्यायाधीश जुआन मार्चनले राष्ट्रपतिहरूलाई आधिकारिक कार्यहरूका लागि उन्मुक्ति दिने सर्वोच्च अदालतको निर्णय ट्रम्पको मुद्दामा लागू हुँदैन, किनभने यो पूर्ण रूपमा अनौपचारिक आचरणसँग सम्बन्धित रहेको बताएका छन् । उनले यसको लागि प्रतिरक्षा सुरक्षा दिने कुनै नियम नरहेको बताए । 

यो निर्णयपछि डोनाल्ड ट्रम्प गम्भीर अपराधमा दोषी ठहर भएका व्यक्तिको रुपमा सपथ लिने अमेरिकाको पहिलो राष्ट्रपति बन्ने सम्भावना बढेको छ । ट्रम्पले आफूमाथि लगाइएको बेश्यालाई पैसा दिएको आरोप अस्वीकार गरेका छन् ।

डोनाल्ड ट्रम्पको सन् २००६ मा एडल्ट स्टार स्टर्मी डेनियलसँग सम्बन्ध थियो । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा यो विषय निकै चर्चामा आएको थियो । यस्तो अवस्थामा ट्रम्पले उनलाई चुपचाप बस्नका लागि डेनियललाई गोप्य रुपमा पैसा दिएका थिए । ट्रम्पलाई यो पैसा दिनका लागि व्यापारिक अभिलेख नक्कली गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । यस मुद्दामा दोषी ठहर भएकाहरूलाई चार वर्षसम्म जेल सजाय हुन सक्छ । यद्यपी यसमा ट्रम्पलाई कति सजाय दिइन्छ भन्ने स्पष्ट भइसकेको छैन, किनभने ट्रम्पको यस्तो अपराध यो पहिलो हो, त्यसैले थोरै सजाय दिएर पनि रिहा हुन सक्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै