काठमाडौँ । काठमाडौंस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अनियमितता भएको प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता अदालतमा मुद्दा दर्ता गराएको हो ।
सूर्यदर्शन सहकारीको रकम अनियमितता गरेको आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखरा जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।
लामिछानेले स्वर्णलक्ष्मी बहूद्देश्यीय सहकारीबाट पाँच करोड भन्दा बढी बचत रकम अपचलन गरेको पुष्टि भएको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानमा रविले पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा अपचलन गरेको पुष्टि भएको उल्लेख गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको अभियोजनमा रहेको प्रहरी अनुसन्धानको ब्यहोरामा भनिएको छ, ‘.... गितेन्द्र बाबु/रवि लामिछानेको नाममा सो सहकारीमा खोलिएको कर्जा खाता÷फायलहरूबाट प्रतिवादी रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट रु.५,०८,६९,६३३/०५ (अक्ष रुपी पाँच करोड आठ लाख उनन्सत्तरी हजार छ सय तेत्तिस रुपैयाँ पाँच पैसा) अपचलन गरी ठगी गर्ने कार्यमा संलग्नता रहेको पुष्टि हुन आयो ।’